Comments Add Comment

Advertisment

SKIP THIS

अञ्जु पन्तले ल्याइन् हिन्दी गीत ‘जिन्दगीकी राहो मे’

२५ असोज , काठमाडौ । बहुचर्चित गायिका अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको सार्वजनिक गीतका शब्द आयुष्मानका हुन् । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ ।

पर्यटकीय स्थल खप्तडमा छायाङ्कन गरिएको भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमको रमाइलो किस्सालाई देखाइएको छ । भिडियोमा मोडलद्वय मिसेल घिमिरे र आरके परियारको बेजोड अभिनय देख्न सकिन्छ । निर्देशक गौरव गिरीले भिडियो रिलिज गरेको केही घण्टामा नै राम्रो प्रतिक्रिया आइरहेको बताए ।

भिडियोको छायाङ्कन वसन्त कुँवर र सन्तोष कुँवरले गरेका हुन् । श्याम कुँवरले कलरिङ गरेको भिडियोको सम्पादन भद्र जङ्ग कुँवरले गरेका हुन् । भिडियो सङ्गीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

अञ्जु पन्तले गाइन् तीज गीत (भिडियोसहित)

Advertisment

छुटाउनुभयो कि? सबै

अञ्जु पन्तले गाइन् तीज गीत (भिडियोसहित)