Comments Add Comment

Advertisment

SKIP THIS

त्रिकोणात्मक ट्वान्टी २० सिरिज : नेपालले फाइनल प्रतिद्वन्द्वीका लागि कुर्नुपर्ने

६ कात्तिक, काठमाडौ । नेपालले त्रिकोणात्मक ट्वान्टी २० सिरिजको लिग चरणका सबै खेल जित्ने क्रममा सोमबार यूएईलाई पाँच विकेटले पराजित गरेको छ । यो जितपछि नेपालले शुक्रबार हुने फाइनलमा आफ्नो प्रतिद्वन्द्वीका लागि कुर्नुपर्ने भएको छ ।

त्रिकोणात्मक ट्वान्टी २० सिरिज स् नेपालले फाइनल प्रतिद्वन्द्वीका लागि कुर्नुपर्ने अब बुधबार यूएई र हङकङबीच लिग चरणको अन्तिम खेल हुनेछ र त्यसको विजेताले फाइनलमा नेपालको सामना गर्नेछ । नेपाल लिग चरणमा चारवटै खेलमा विजयी रह्यो । यूएईको एक जित रहेको छ र उसको फाइनल सम्भावना बलियो छ । हङकङ भने अंक विहीन छ ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि १ सय ६५ रनको लक्ष्य पाएको नेपालले १९।२ ओभरमा पाँच विकेट गुमाएर विजयी रन बटुल्यो । नेपाललाई खेल आफ्नो पक्षमा पार्न अन्तिम दुई ओभरमा १८ रन चाहिएको थियो ।

नेपालका लागि ओपनर आसिफ सेखले ५० बलमा ६२ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए । कप्तान रोहित पौडेलले भने ४२ बलमा ४७ रन बनाए । दीपेन्द्रसिंह ऐरी अझ आक्रामक रहे । ऐरीले नटआउट रहेर १५ बलमा ४० रन बनाए । त्यसमा ६ चौका र १ छक्का सामेल थियो ।

बलिङतर्फ यूएईका महम्मद जवदुल्लाहले २ विकेट लिएका थिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले सात विकेटमा १ सय ६४ रन बनाएको थियो र यो इनिङ्समा दुई ब्याटरको समान योगदान रह्यो । वृत्य अरविन्द र बासिल हमिदले ४५–४५ रन बनाए । वृत्यले ५१ बलमा ४ चौकाको मदतले त्यति ४५ रन बनाएका थिए ।

बासिल भने बढी आक्रामक रहे र उनले १९ बलमै त्यत्तिकै रनका लागि दुई चौका तथा पाँच छक्का प्रहार गरे । नेपाली बलरमध्ये सोमपाल कामी र अविनास बोहराको नाममा दुई दुई विकेट रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment