Comments Add Comment

Advertisment

SKIP THIS

अनुसन्धानमा भएका प्रगति बुझ्न डीआईजी ढकाल आफै पुगे मुगुको घटनास्थलमा

काठमाडौं: मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ मुन्दु गाउँमा चार जना मृत भेटिएको घटनास्थलमा डिआइजी भीम प्रसाद ढकाल पुगेका छन्।

उक्त विषयको अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीम ढकाल आइतबार बिहान मुगु पुगेका हुन् । अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु गएका हुन्।

घटनाको बारेमा जिल्लाको प्रहरीसँग विशेष छलफल गर्न आफू मुगु पुगेको उनले बताए । साथै उनले अनुसन्धानमा सघाउने र अहिले अनुसन्धान टोलीको प्रगति बुझ्ने काम भइरहेको बताए ।

कर्णाली प्रदेश, जुम्ला र कोहलपुरबाट कुकुरसहितको प्रहरीको अनुसन्धान टोली यसअघि नै मुगु पुगेको थियो।

मुन्दु गाउँमा आमा र तीन जना छोराछोरी मृत भेटिएका थिए। उनीहरूको हत्या भएको आशंका छ।

गत शुक्रबार बिहान श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र १ वर्षका छोरा रहर मृत भेटिएका थिए। घरभित्रै उनीहरूको शव फेला परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै