Comments Add Comment

Advertisment

SKIP THIS

काभ्रेमा अवैध रूपमा ल्याइएको चिनी प्रहरीले बरामद

काभ्रे । काभ्रेमा अवैध रूपमा ल्याइएको चिनी बरामद गरिएको छ । बिपि राजमार्ग हुँदै काठमाडौं आउँदै गरेका यात्रु बोक्ने सवारी साधनमा लुकाएर ल्याएको चिनी काभ्रे प्रहरीले बरामद गरेको हो ।

प्रहरीले यस रुट भएर चल्ने गाडीमा अवैध रूपमा चिनी भित्रिरहेको सूचनाका आधारका जाँच गर्ने क्रममा १० क्विन्टल चिनी बरामद गरेको जनाएको छ ।

 

पाँच किलो, १० किलो, १५ किलो लगायत स–साना पोकामा रहेको चिनी पनि प्रहरीले बरामद गरेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले विभिन्न सवारीबाट १० क्विन्टल चिनी बरामद गरेको छ ।

चिनी ल्याउने व्यक्तिको पहिचान नभएको र बरामद गरिएको चिनी राजस्व विभाग पठाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै