Comments Add Comment

Advertisment

SKIP THIS

जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको उपचार गर्दै नेपाल प्रहरी

काठमाडौं । जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको उपचारमा नेपाल प्रहरी खटिएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले सयौँ मानिसहरु घाइते भएका छन् ।

उनीहरुको उपचारमा नेपाल प्रहरीको टोलीसमेत खटिएको छ । सो भूकम्पबाट १५७ जनाको मृत्युसमेत भएको थियो । जाजरकोटमा १०५ जना र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो ।

यस्तै गृह मन्त्रालयको तथ्याङ्कअनुसार भूकम्पमा परि दुई सय ५६ जना घाइते भएका छन् । यस्तै विभिन्न जिल्लामा झण्डै ३८ सय वटा घरमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै