८ मंसिर, काठमाडौ । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् ।
बिहीबार काठमाडौंको बल्खुमा शक्ति प्रदर्शनका क्रममा भएको झडपमा प्रहरीमाथि ढुंगामुढा गर्ने केहि समर्थक पक्राउ परेपछि प्रसाईंले घरमै पत्रकार सम्मेलन गरेर आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका हुन् ।
आफ्नै घरमा नजरबन्दमा परेका उनले आफू नागरिक बचाउन आएको बताए । ‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने रु’ उनले प्रश्न गर्दै भने, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो रु ।’
प्रसाईंले हिजो सैनिक हिरासतको कठोर यातना भोगेको बताउँदै आज पुलिसको यातना भोग्न पनि तयार रहेको बताएका हुन् ।
यस्तै उनले नेपाल प्रहरी प्रमुख बसन्तबहादुर कुँवरमाथि आक्रोश पोखेका छन् ।
गत मंसिर ५ गते राति भक्तपुरको पार्टी प्यालेसमा सुतेका महिलाहरूलाई लखेट्न जानेलाई हालसम्म पक्राउ नगरेको भन्दै उनी आईजीपी कुँवरमाथि खनिएका हुन् ।
‘महिला सुतेको ठाउँमा राति राति लगार्न जाने अनि दुर्व्यवहार गर्नेलाई आजसम्म पक्राउ गर्न सकेको छ प्रहरीले रु,’ उनले प्रश्न गर्दै भने, ‘त्यस्ता बलात्कारी र अपराधीलाई नसमातेर कसका बाख्रा चराउन जानुभाछ आईजीसाप तपाईं रु ।’



