Comments Add Comment

Advertisment

SKIP THIS

फोहोरको थुप्रोमा दुई नवजात शिशुकाे शव भेटियो

११ मंसिर , काठमाडौ । सर्लाहीमा फोहोरको थुप्रोमा दुई शिशुको शव फेला परेको छ । मारेर फोहोरमा फालिएको अवस्थामा नवजात शिशुका दुईवटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मलंगवा नगरपालिका–९ मा अवस्थित सार्वजनिक सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा आइतबार दुई शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपेन्द्र पञ्जियारले जानकारी दिए।

अन्दाजी ७ महिना जतिका ती जुम्ल्याहा शिशु गर्भपतन गरेर फालिएको हुनसक्ने प्रहरीको आशंका छ । अवैध सम्बन्धबाट गर्भ बसेपछि स्थानीय कुनै क्लिनिकमा गएर शल्यक्रिया गरी ती शिशु फालेको आशंकामा अनुसन्धान अघि बढाइएको डीएसपी पञ्जियारले बताए।

बाटो हिँड्ने बटुवाले फोहोरको थुप्रोमा जुम्ल्याहा शिशुको शव देखेपछि प्रहरीमा खबर गरेका थिए। शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै