Comments Add Comment

सिटीले वेस्ट ह्यामलाई हरायो, चेल्सी र युनाईटेडको बराबरी

१३ मंसिर काठमाडौ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गर्दा चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेलेका छन् ।

आइतबार राति भएको खेलमा सिटीले वेस्ट ह्यामलाई २(१ गोल अन्तरले पराजित गर्दा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एक एक गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले एक गोल फर्काए । चेल्सीले भने घरेलु मैदानमा युनाईटेडसँग बराबरी गरेको हो ।

यस जितसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ । सिटी १३ खेलमा २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

अरु दुई खेलमा लेष्टर सिटीले वाट्फोर्डलाई ४(२ गोल अन्तरले र ब्रेन्टफोर्डले एभर्टनलाई १(० गोल अन्तरले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै