Comments Add Comment

Advertisment

SKIP THIS

धादिङमा मृत भेटिएका कलाकार प्रकाश ढकालको घटनामा चार जनालाई प्रहरीले पक्राउ

काठमाडौं: धादिङमा मृत भेटिएका कलाकार प्रकाश ढकालको घटनामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत मंसिर ३ गते बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा ढकाल मृत फेला परेका थिए। उनको मृत्यु भएपछि प्रहरीले बस चालकसहित चार जनालाई पक्राउ गरेको हो।

बस चालक, साहु र दुई जना सहचालकसँग विवाद भएपछि ढकाललाई रातिको समयमा घटनास्थल नजिकै छाडेर गएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।

यसरी रातको समयमा छाडेपछि ढकालको मृत्यु भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्‍धान गरिरहेको हो।

ढकालको शव कृष्णभिरस्थित त्रिशूली नदी किनार खोँचमा फेला परेको थियो। उनी स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन्। उनी काठमाडौं बस्ने गर्दथे। स्याङ्‍जाबाट काठमाडौं फर्किने बेलामा उक्त घटना भएको हो।

त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव मंसिर ४ गत बाहिर निकालिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै