Comments Add Comment

Advertisment

SKIP THIS

सुन भित्रिँदैछ भन्ने सूचना केहीदिन अघि नै पाएको थियो : भन्सार प्रमुख

२२ मंसिर , काठमाडौ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख टेकराज पाण्डेले नेपालमा अवैध रुपमा भित्रिँदै छ भन्ने सुचना पहिले नै पाएको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै पाण्डेले त्रिभुवन विमानस्थलबाट करिब १० किलो सुन भित्रिँदैछ भन्ने सूचना केही दिन अघि नै सूचना प्राप्त भएको बताएका हुन् ।

विमानस्थल भन्सार कार्यालयले गएराति ११ :४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो। उनले ज्याकेट बनाएर त्यसमा सुन लुकाएर ल्याएका थिए। यसअघि पाएको सुचनाको आधारमा भन्सार कर्मचारीहरूले विमानस्थलबाटै पछ्याएर पक्राउ गरेको पाण्डेले बताए।

उनीबाट ७ वटा बिस्कुट आकारको सुन बरामद गरेको थियो । उनले उक्त सुन गोरखाका मीनबहादुर घलेको बताएका थिए। त्यसपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो। उक्त सुन प्रकरण प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा छानबिन समिति बनेको छ। उनीसहित ६ जनाको छानविन समितिलाई ६ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै