Comments Add Comment

Advertisment

SKIP THIS

थाइल्याण्ड लैजाने भनेर म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने लामा पक्राउ

काठमाडौं । थाइल्याण्ड लैजाने भनी झुक्याई म्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३ बाँसबारी बस्ने बुद्ध लामा रहेका छन् ।

लामाले थाइल्याण्डमा रोजगारीको प्रलोभन देखाई अवैध अनलाइन स्क्यामिङमा लगाई शोषण गरेको भन्ने उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरेको हो।

लामाले मासिक १ लाख ३०० हजार भन्दा बढी कमाई हुने भन्दै म्यानमार पुर्‍याएका थिए ।

लामाले पीडितलाई थाइल्याण्डमा कम्प्युटर टाइपिङको काममा लाने म्यान्मार पुर्याई बन्धक बनाई अवैध अनलाइन स्क्यामिङमा काम गर्न बाध्य बनाई श्रम शोषण गरी शारीरिक तथा मानसिक यातना दिएको अवस्थामा पीडित नेपाल फिर्ता हुन खोज्दा उनले फिरौती रकम माग गरेकामा उक्त रकम बुझाएपछि नेपाल फिर्ता भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ब्युरोका प्रमुख जीवनकुमार श्रेष्ठले म्यानमारमा सयौँ नेपालीलाई पठाएर त्यहाँ बन्धक बनाएर अवैध काममा लगाउने गिरोहका एजेन्टमाथि कारबाहीलाई तीव्रता दिइएको बताए । ‘केहीलाई पक्राउ गरेका छौँ, अरू खोजीमा छन्,’ उनले भने, ‘यसमा संलग्न कतिपय चिनियाँ भाषाका दोभाषेहरू छन् ।’

उनले म्यान्मार पुगेपछि राहदानी र मोबाइल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घन्टासम्म अनलाइनको काममा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै