Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरको ताथलीमा इनारमा डुबेर एक व्यक्तिको मृत्यु

काठमाडौं । भक्तपुरको ताथलीमा इनारमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका-९, ताथली राम मन्दिर नजिकै बसोबास गर्दै आएका ५२ वर्षीय राम खड्काको इनारमा डुबेर मृत्यु भएको हो ।

आफ्नै घरमा चिया खाएर बाहिर निस्किएका उनी केहीबेरमै सम्पर्कविहीन भएका थिए ।

पछि परिवारले खोजी गर्ने क्रममा करिब २५ फिट गहिरो इनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनास्थलमा प्रहरी परिचालन गरी थप अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै