Comments Add Comment

Advertisment

SKIP THIS

सङ्खुवासभाबाट प्रहरीले दुर्लभ सालकको आखेटोपहारसहित दुई जनालाई पक्राउ

सङ्खुवासभा प्रहरीले मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुर्लभ जङ्गली जनावर सालकको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ । आखेटोपहारसहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका –२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन । भोटखोला गाउँपालिका–२ च्याम्ताङबाट गएराति दुई सय किलो दुर्लभ सालकको आखेटोपहारसहित पक्राउ परेका भोटखोला –२ का छिरिङ र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेकालाई शुक्रबार साँझसम्ममा सदरमुकाम खाँदबारी ल्याइने प्रहरीले जनाएको छ । उनीहरूलाई सदरमुकाम ल्याएपछि पत्रकार सम्मेलन गरिने उक्त कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै