Comments Add Comment

Advertisment

SKIP THIS

म्याग्दीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ

१४ मंसिर काठमाडौ । म्याग्दीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा ३० वर्षीया गोमाया विक, ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिम पुन र ४५ वर्षीय खिमानाथ शर्माको मृत्यु भएको हो ।

सोमबार साँझ बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खोल्सामा खस्दा उक्त दुर्घटना भएको थियो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै