Comments Add Comment

एमाले सांसद राजेन्द्र राईले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

१६ पुष, काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहमन्त्री श्रेष्ठलाई तत्काल राजीनामा दिन सांसद राईले आग्रह गरेका हुन्।

सांसद राईले भने,‘मेरो भिन्न कुरा छ । यो घटना के घट्यो कसरी घट्यो भन्ने दुनियाँले देख्यो । समिति पनि बनाउनुभयो । तपाईं राजीनामा दिनुस् । छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । तपाई शालीन व्यक्ति, अव तपाई राजीनामा दिनुस्। सबैभन्दा राम्रो कुरा तपाई दिनुस्, दिनैपर्‍यो ।’

उनले युवाले विदेश गएर काम गर्छु भन्दा ताकी ताकी गोली हानेर मार्नुहुन्छ भने तपाईंले राजीनामा नदिएर कसले दिन्छ भन्दै प्रश्न गरे । उनले सुरक्षा प्रमुखहरूले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा प्रष्ट कुरा नराखेको पनि बताए।

उनले तोडमोड गरेर कुरा राख्न नमिल्ने भन्दै समस्या सिर्जना भएपछि समाधान गर्ने कि ठाउँका ठाउँ गोली हान्ने भन्दै सरकारलाई प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै