Comments Add Comment

Advertisment

SKIP THIS

अस्पतालको विषयमा विवाद हुँदा, सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं–सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ। प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको हो।

सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर साह गम्भीर घाइते भएका थिए । टाउकामा गोली लागेका साहको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दियो।

अस्पतालको विषयलाई लिएर स्थानीयहरूले मेयर कल्पना कटुवालको घरमै आजगनी गर्न लागेपछि गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ। प्रदर्शनकारीले गाडीमा समेत आगजनी गरेको बताइएको छ। अवस्था अझै साम्य भइनसकेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै