Comments Add Comment

Advertisment

SKIP THIS

उदयपुरबाट प्रहरीले ६० किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं । उदयपुरमा गाँजासहित दुईजना पक्राउ परेका छन् । कटारी नगरपालिका–७, देउलीकुनाबाट ६० किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका–२ बस्ने ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोकबहादुर राई छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रीस्कु कटारीबाट खटिएको प्रहरीले तीनवटा बोरामा उक्त परिमाणको गाँजा बोकी लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै