१० माघ , काठमाडौ । काठमाडौं जिल्ला अदालतले अभियोग दाबी नपुग्ने भन्दै दीपकराज जोशीलाई सफाई दिएको छ ।
प्रहरीले गत असार २० गते दायर गरेको साइबर अपराधको मुद्दामा जोशीले सफाई पाएका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले उनलाई सोमबार सफाइ दिएको हो ।
उनले“ कलङ्की मालपोत पारी-कीर्तिपुर मित्रनगर… यस एरियामा भर्खरै गस्तीमा आएका २ जना प्रहरीहरू—फुल मापसे गरेर हिँडेको देखियो । यसको निगरानी कसले गर्छ ?’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । यहि स्टाटसको कारण उनलाई प्रहरीले सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा विद्युतीय अपराधको मुद्दा चलाईको थियो ।

तर उनले काठमाडौं जिल्ला अदालतबाट सफाई पाएका छन् । आफूले सफाई पाएपछि खुशीको पल भन्दै उनले सामाजिक संजाल फेसबुकमा आफ्ना कानुन ब्यावसायिक संगको तस्वीर सेयर गर्दै यसरी लेखेका छन्ः-
खुशीको पल । आज मैले पुर्ण सफाई पाएँको दिन ।
मेरा विरूद्ध प्रहरीले दायर गरेको साईबर अपराध मुद्दामा काठमाण्डौँ जिल्ला अदालतले अभियोग दाबी नपुग्ने भन्दै सफाई दिएको छ।
सर्वप्रथम , म प्रति गरिएको अन्याय र अलोतान्त्रिक ब्यवहारका बिरूद्ध , मेरो पक्षमा वहस गरेर न्याय दिलाउन अथक प्रयास गर्नुहुने अधिवक्ता राधिका खतिवडा ज्यु प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु।
उनले लेखेको स्टाटस यस्तो थियो :-
“कलङ्की मालपोत पारी-कीर्तिपुर मित्रनगर… यस एरियामा भर्खरै गस्तीमा आएका २ जना प्रहरीहरू—फुल मापसे गरेर हिँडेको देखियो । यसको निगरानी कसले गर्छ ?’ भन्दै लेखेको थिए, जुन त्यो दिनको सत्य घटना थियो यहि स्टाटसलाई अपराध ठानेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा प्रहरीले मुद्दा चलाएको थियो !!


