Comments Add Comment

Advertisment

SKIP THIS

झापाबाट प्रहरीले लागूऔषध गाँजा र ब्राउन सुगरसहित चार जनालाई पक्राउ

झापा । झापा प्रहरीले लागूऔषध गाँजा र ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कमल गाउँपालिका– ७ का २५ वर्षीय सुरज लिम्बू, सोही ठाउँका ४० वर्षीय किवी माया धिमाल, २१ वर्षीय गणेश दर्जी र गौरादह नगरपालिका–१ का २४ वर्षीय विशाल मर्डी रहेका छन्।

कमल–७ धिमाल डाँडास्थित एक होटेलमा लागूऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट २५० ग्राम गाँजा र ४ ग्राम ब्राउन सुगर फेला पारेको थियो । लागूऔषधसहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमक राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै