Comments Add Comment

Advertisment

SKIP THIS

बाँके प्रहरीले दुई लाख २५ हजारको अवैध सामग्रीसहित पाँच जनालाई पक्राउ

बाँके । बाँके प्रहरीले नेपालगन्ज ल्याइँदै गरेको अवैध सामग्रीसहित पाँच जनालाई पक्राउ गरेको छ ।

भारतबाट ल्याउँदै गरेको दुई लाख २५ हजार दुई सय रुपैयाँ बराबरको अवैध सामानसहित पाँच जनालाई आइतबार बिहान नेपालगन्ज उपमहानगरपालिका १२ बाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले कुर्ता, सल्वारलगायतका सामग्री, तस्करीमा प्रयोग गरिएका भारतीय नम्बर प्लेटको मोटरसाइकल र साइकलसहित तस्करीमा संलग्न पाँचजनालाई पक्राउ गरेको जनाएको छ ।

उक्त अवैध सामान, मोटरसाइकल, साइकलसहित पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै