वीरगञ्ज- लागुऔषध खैरो हेरोइनसहित तीनजना वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने राजबली महतो, सोही स्थानका मनोहर महतो र बाराको परवानीपुर गाउँपालिका-५ बस्ने अबधेशप्रसाद पटेल रहेका छन्।
प्रहरी चौकी बसपार्क तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका-१६ स्थित सडकखण्डमा तिनै जनालाइ चेकजाँचको क्रममा पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए।
पक्राउ परेका तीनैजनाको साथबाट एक-एक सय ग्राम गरी तीन सय ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने सेतो पदार्थ बरामद गरिएको उनले बताए। तीनैजना विरुद्ध लागुऔषध मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको थापाले बताए।


