Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीमा शंकास्पद अवस्थामा एक युवती मृत भेटिइन्

१८ माघ, काठमाडौ । सर्लाहीको बलरामा एक युवती आफ्नै घरम मृत भेटिएकी छन् । मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दीका छोटेलाल सहनीकी पत्नी २१ वर्षीया पूजा देवी रहेकी छन् ।

बुधबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रविन धितालले बताए ।

मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद बनेको धितालको भनाइ छ । घटना हुनुअघि घरमा विवाद भएको जानकारीसमेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै