Comments Add Comment

Advertisment

SKIP THIS

पोखराको विन्दवासिनी सहकारी ठगी प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ

कास्की । सहकारी ठगीसम्बन्धी कसुरमा तीनजना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं.९ न्यूरोड स्थित सञ्चालनमा रहेको श्री विन्दवासिनी वचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सहकारी संस्थाको सञ्चालक समितिका अध्यक्ष ५६ वर्षीय सुवर्णमान नकर्मी, सोही संस्थाका सञ्चालक समितिका सदस्य एवं ऋण संयोजक ३३ वर्षीय कृष्णमान श्रेष्ठ र उक्त संस्थाको रकम हिनामिना तथा अपचलन गर्ने ४५ वर्षीय उदित सन्दिप पौडेललाई रहेका छन् ।

सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूसमेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

उनीहरुविरुद्ध जिल्ला अदालत कास्कीबाट सहकारी ठगीसम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै