Comments Add Comment

Advertisment

SKIP THIS

सिराहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरबाट १५ लाख ५० हजार लुटपाट

सिराहा । सिराहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरमा लुटपाट भएको छ।

विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको हो।

 

भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स‍.९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोबल आईएमई बैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खालि चेक र मोबाइल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै