Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी पोषराज पोखरेलद्वारा १५१औं समूहको ट्राफिक नियन्त्रण तालिमको समापन

“ट्राफिक नियन्त्रण प्रहरी हवल्दार तथा प्रहरी जवान तालिम १५१ औं समूह”को तालिम समापन आज उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलको प्रमुख आतिथ्यतामा एक समारोहका बिच सम्पन्न भएको छ ।

सो समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र तथा पुरस्कार प्रदान गर्दै तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्य क्षेत्रमा ईमान्दारिताका साथ निर्वाह गरी सेवाग्राहीहरुलाई ट्राफिक प्रहरी मात्र नभई सिङ्गो प्रहरी संगठनले नै प्रदान गर्ने सुरक्षाको प्रत्याभूति दिलाउने कार्य कुशलतापूर्वक सम्पादन गर्नुका साथै बदलिदो समय अनुसार ट्राफिक प्रहरीले आफुलाई पनि परिवर्तन गर्दै लैजानुपर्ने आवश्यक निर्देशन सम्वोधन प्रदान गर्नुभयो ।

उक्त अवसरमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्वन्धी प्रतिवेदन पेश गर्दै तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १० जना र जवान ४८ जना (९महिला) गरी जम्मा ६० जना सहभागी प्रशिक्षार्थीहरु मध्ये ‘क’ श्रेणीमा ५६ जना र ‘ख’ श्रेणीमा ४ जनागरी सम्पूर्ण प्रशिक्षार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराउनु भयो ।

कार्यक्रममा तालुक कार्यालयहरुका प्रतिनिधी र उपत्यका ट्राफिक कार्यालयका सिनियर प्रहरी अधिकृत एवं जुनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै