Comments Add Comment

Advertisment

SKIP THIS

छिमेकीको ३ वर्षीया छोरीको हत्या गर्ने आमा र छोरीलाई सिरहा प्रहरीले पक्राउ

जनकपुरधाम- सिरहा प्रहरीले छिमेकीको छोरीको हत्या गरेको आरोपमा आमा र छोरीलाई पक्राउ गरेका छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका १८ जरुवा लक्ष्मिनिया टोल बस्ने ७२ वर्षीय धनिकलाल यादवको श्रीमती ४७ वर्षीया सोना देवी यादव र छोरी पूजाकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गत बुधबार बिहान १० बजेको समयमा स्थानीय रमेश यादवको छोरी वर्ष ३ वर्षीया रिया कुमारी यादव आफ्नै घरबाट हराई बेपत्ता भएकी थिइन ।

प्रहरीमा जानकारी गराएपछि रियालाई खोजतलास गर्ने क्रममा शुक्रबार राती करिब साढे ११ बजेको समयमा रिया मृत फेला परेकी थिइन् ।

विशेष सूचनाको आधारमा रमेशको घर भन्दा उत्तर पट्टीसँगै रहेका छिमेकी धनिकलालको घरको छत माथि जाने भर्याङ्गको चौतरामा रहेको मुसुरको झङ्टा भित्र सेतो कालो रंगको प्लाष्टिकको बोरा भित्र रियाको शवलाई लुकाई छिपाई गरेको अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार करिब १ वर्षदेखि धनिकलाल र रमेशको घर परिवारसँग झै-झगडा हुदै आएकोमा सोही कुराको रिसिईवी राखि रियाको हत्या गर्ने योजना बनाएका थिए ।

गत बुधबार रमेशको छोरी रिया खेल्दै घर आंगनमा आएको देखि पसलबाट बिस्कुट खरिद गरी ल्याई निज रिया कुमारी यादवलाई दिई ललाई फकाई आफ्नो घर भित्र लगि घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

घटना पश्चात् धनिकलाल फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै