Comments Add Comment

Advertisment

SKIP THIS

मन्त्री विन्दुकुमार थापा : महिला हिंसा अन्त्य गर्न सबै जुटौँ

१७ मंसिर , काठमाडौ । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले महिला हिंसा अन्त्यका लागि सबै जुट्नुपर्ने आवश्यकता रहेको बताए ।

सञ्चारिका समूह नेपाल केन्द्रले शुक्रबार पोखरामा आयोजना गरेको महिला हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा महिला र पुरुषप्रतिको विभेदलाई अन्त्य गर्नुपर्ने आवश्यकतालाई औंल्याए ।

मन्त्री थापाले समाजका विकृति विसंगतिलाई हटाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउँदै महिला हिंसाको विरुद्ध सचेतना जगाउने कार्यमा कानून मन्त्रालय सचेत रहेको बताए । ‘महिला हिंसाको विरुद्ध सचेतना जगाउने कार्यमा कानून मन्त्रालय सचेत छ’, उनले भने, ‘विभेद नगरी सहज सूचना सम्प्रेषण गर्ने नीति निर्माणमा हामी लागिपरेका छौं ।’

मन्त्री थापाले केही समय अगाडि समाजमा महिला र पुरुषमा विभेद भएको देखिएपनि अहिले त्यस्तो अवस्था नरहेको बताए । छोरीलाई पनि छोरासरह अधिकार प्रदान गर्ने वातावरण बनेको भनाई छ ।

कार्यक्रममा पूर्व राष्ट्रिय सूचना आयुक्त यशोदा तिमिल्सिना, प्रेस काउन्सिल सदस्य दुर्गा भण्डारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै