६ साउन , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभामुख इन्दिरा रानामगरको बचाउमा उत्रिएको छ ।
रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध नभएको भन्दै उपसभामुख इन्दिराको बचाउमा उत्रिएको हो ।
रास्वपाले विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको बताएको छ।
‘उपसभामुखज्यू लगायत अन्य नेताहरूबाट कुटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भए–नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका पक्षमा रास्वपा सधैं रहिआएको सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छौं,’ रास्वपाले भनेको छ।




