Comments Add Comment

Advertisment

SKIP THIS

सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वतखण्ड अवरुद्ध

१५ साउन , काठमाडौ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वतखण्ड पहिरोले अवरुद्ध बनेको छ ।

पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुंगे पुलनजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरोले झन्डै ५० मिटर सडक पुरिएको छ । आइतबारदेखि वर्षा नभए पनि सोमबार बिहान सुक्खा पहिरो खसेको थियो ।

निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँबाटै पहिरो खसेको हो । पहिरो खसेपछि अर्मादी–मोदीवेणीखण्डको यातायात सेवा अवरुद्ध बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै