Comments Add Comment

Advertisment

SKIP THIS

अग्रज पत्रकार तथा लुम्बिनीका अभियन्ता चेतन पन्तको निधन

२१ साउन , काठमाडौ । रुपन्देही र खास गरी लुम्बिनीलाई कर्मथलो बनाएर लामो समयदेखि सक्रिय पत्रकार चेतन पन्तको निधन भएको छ ।

२ वर्षदेखि अर्बुद रोगबाट पीडित पन्तको भैरहवास्थित निवासमा निधन भएको हो। पन्तको भैरहवास्थित स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिने भएको छ । भैरहवाको दुर्गा कोलनीमा परिवारसहित बस्दै आएका ६६ वर्षीय पन्त अर्बुद रोगबाट अस्वस्थ भई उपचार गराएर घरमै स्वास्थ्य लाभ गरेका थिए।

पन्तले पत्रकारिताको माध्यमबाट लुम्बिनीलाई विश्वभर चिनाउने प्रयास स्वरूप आफ्नै लगानीमा लुम्बिनी र बौद्ध क्षेत्रहरू चिनाउन सन् २०१० मा बुद्धिस्ट साइट्स डटकम नामक वेबसाइट र चेतन पन्तको नाममा युट्युब च्यानल समेत सञ्चालन गरेका थिए।

२०४५ सालदेखि पत्रकारिता पेशामा आबद्ध पन्तले नेपाल टेलिभिजन, इमेज टेलिभिजन, स्पेसटाइम नेटवर्क लगायतका सञ्चारमाध्यममा काम गरेका थिए। पछिल्लो एक दशकयता पन्त लुम्बिनीको प्रचार अभियन्ताका रूपमा निस्वार्थभावले सक्रिय थिए।

पन्तले सञ्चालन गरेको वेबसाइटमा लुम्बिनी, कपिलवस्तु, रामग्रामलगायत भारतका बुद्धको जीवनीसँग सम्बन्धित सामग्री अंग्रेजी भाषामा राखिएको छ।

पन्तले अमेरिकाकै सानफ्रान्सिको शहरको बे खाडी क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूलाई लुम्बिनीका बारेमा प्रशिक्षणसमेत दिएका थिए।

पन्तले लुम्बिनी प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष आयोजना गर्दा अमेरिकामा त्यसको प्रचार प्रसारमा सक्रिय थिए।

पिता नगेन्द्र प्रसाद पन्त र आमा इन्द्र कुमारी पन्तका ५ भाइ छोरा र २ दिदी बहिनीका सबैभन्दा जेठा दाजु स्वर्गीय पन्तका एक श्रीमती गंगा पन्त र दुई छोराहरू उमंग र उत्सव पन्त छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै