Comments Add Comment

Advertisment

SKIP THIS

सुनका गहना किन्ने बहानामा चोरी, किन्ने व्यवसायी पनि फन्दामा

३१ साउन , काठमाडौ । सुनका गहना किन्ने बहानामा दुई तोलाको सिक्री चोरेर भाग्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

सुन किन्ने बहानामा पसलमा छिरेर ललितपुर महानगरपालिका-३ पुलचोक बस्ने ५२ वर्षीया लिना नकर्मीले दुई तोला २० लालको सिक्री चोरेर भागेकी हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीमा संलग्न लिनालाई ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो। काठमाडौंको न्युरोडमा साउन २५ गते नारायण ज्वेलर्सबाट ती महिला सुनका गहना खरिद गर्ने भनी दुई तोला २० लालको सिक्री चोरेर फरार भएकी थिइन्।

थप अनुसन्धान गर्ने क्रममा उनले चोरी गरेका सुनका गरगहना न्युरोडमा रहेको जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको खुल्न आएपछि सञ्चालक रञ्जन हजारालाई पनि पक्राउ गरिएको छ ।

लिनाले यसअघि चोरी गरेर १७ ग्राम बराबरको सुनको सिक्री १ थान जगन्नाथ ज्वेलर्सलाई बेचेको खुलेको छ ।

प्रहरीले लिनाको साथबाट करिब २ तोला बराबरको सुनको सिक्री पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै