७ भदौ , काठमाडौ । नेपाल धितोपत्र बोर्डले रिक्त विभिन्न पदमा आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न पदमा ६ जना कर्मचारी भर्ना गर्न बोर्डले दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाल नागरिकले भदौ २७ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने असोज ३ गतेसम्म आवेदन दिन व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।








