Comments Add Comment

Advertisment

SKIP THIS

अपराध नियन्त्रण, शान्तिसुरक्षाको लागी कुनै प्रकारको सम्झौता हुदैन: एसपी रामेश्वर कार्की

सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्कीले जिल्लाको कमाण्ड सम्हालेसँगै जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा कसैसँग कुनै सम्झौता नगर्ने बताएका छन्।

सिन्धुपाल्चोक जिल्लाको प्रहरी प्रमुखमा पदबहाल भएसँगै एसपी रामेश्वर कार्कीले पत्रकार भेटघाटमा उक्त कुरा बताएका हुन् । अपराध र अपराधीक गतिविधिलाई जरैदेखी उखल्ने सक्ने साहस भएका एसपी कार्की कानुन कार्यन्वयन, विधिको शासन र प्रहरी संगठनकाे निर्देशनमा अगाडि बढ्ने उनी बढ्ता प्रचारप्रसारमा रुचि राख्दैनन् ।

एसपी कार्कीले सिन्धुपाल्चोक जिल्लालाई स्वच्छ, पारदर्शी एवं भयरहित बनाउने उद्देश्यका साथ समाजमा हुने र हुँदै गरेका लागूऔषध दुर्व्यसनी, चोरी, गुण्डागर्दी, जुवातास, घरेलु तथा यौनजन्य हिंसा, तस्करी जस्ता अपराधी गतिविधिलाइ नियन्त्रण लिन त उनलेे विशेष अप्रेसन नै सञ्चालनमा ल्याउने बताए । बजार क्षेत्र तथा व्यबसायीक प्रतिष्ठानहरूमा नियमित सिसिटिभीको निगरानी, ड्रिंन्क एन्ड ड्राइभ नियन्त्रण गर्न मापसे चेकिङ्ग जस्ता कार्यहरू प्राथमिकताका साथ अघि बढाउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै