Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीले काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमण खेप्नुपरेको छ : सुनिता डंगोल

बैशाख ११, काठमाडौ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम गरेको देख्न नचाहनेहरुले आफूमाथि घेराबन्दी गरेको बताएकी छन्।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै आफूले राम्रो काम गरेपछि निरन्तर आक्रमण भएको महसुस गरेको बताइन्।

उनले भनिन्,’मैले गरेको काम देशभित्र मात्रै होइन, अन्तराष्ट्रिय रुपमा पनि राम्रो कामको अनुभव साट्नको लागि निमन्त्रण गर्नुभयो। संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रा निरन्तर गरिरहें, त्यसले पनि विरोधीलाई पोल्यो। कुनै आधारविहिन लेख्नलाई पनि छेकेन जथाभावी बोल्न र कमेन्ट गर्नका लागि छेकेर जथाभावी आक्रमण गरिरहें। ती आक्रमण गर्नेहरु राष्ट्रविरोधी हुन् अहिले पनि सल्बलाइरहेका छन्।’

उनले एमाले, प्रधानमन्त्री केपी ओली र आफूमाथिको आक्रमणलाई अझ उत्कृष्ट कामबाटै परास्त गर्ने बताइन्। उनले प्रधानमन्त्री ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरु खेप्नुपरेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment