Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी जवान नरेश राई “BEST TRAFFIC POLICE OF THE MONTH” घोषित

काठमाडौँ : ट्राफिक प्रहरी प्रभाग गौशाला दरबन्दी भई यातायात व्यवस्था विभाग, मीनभवन काठमाण्डौमा कार्यरत प्रहरी जवान नरेश याम्फु राई बैशाख महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” द्वारा पुरस्कृत भएका छन् ।

प्रहरी जवान राईले यातायात व्यवस्था विभाग मिनभवन र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको अन्तरनिकाय सम्बन्धको गरिमा तथा छवि उच्च बनाउन प्रभावकारी तथा समन्वयात्मक भूमिका निर्वाह गरेको, यातायात व्यवस्था विभागमा सेवाग्राहीहरुलाई सहज पहुँच पुर्‍याउन भूमिका निर्वाह गरेको, बिचौलियाहरुको उपस्थिति न्यूनिकरणमा सहयोग पुर्‍याएको, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कर्मचारीहरुले गर्ने संयुक्त अनुगमन कार्यलाई प्रभावकारी बनाएको, सवारी दुर्घटना तथा दुर्घटना गरी फरार (Hit and Run) का सवारी चालकको स.चा.अ.प. खोज तलास तथा नक्कली लाईन्सेन्स भए नभएको अनुसन्धान प्रक्रियामा लाईन्सेन्सको ढड्डा तुरुन्त हेरी काम कारवाहीलाई प्रभावकारी रुपमा सहजिकरण गरेको साथै बिभागीय नीति निर्देशन तथा अर्डर आदेशको अक्षरस: पालना गरेको हुँदा निजले सम्पादन गरेको कार्यहरुको उच्च मुल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न २०८२ साल बैशाख महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै