तारकेश्वर, श्रावण ३० – तारकेश्वर नगरपालिकाले संस्कृति संरक्षण तथा सम्वर्द्धनको उद्देश्यका साथ “महिलाहरुको महानचाड हरितालिका तिज विशेष कार्यक्रम–२०८२” शुक्रबार टुसाल मल्टीभेन्युमा भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको प्रमुख आतिथ्य नगर प्रमुख कृष्ण हरि महर्जन र अध्यक्षता उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले गर्नुभयो। नगर प्रमुख महर्जनले कार्यक्रमको उद्घाटन गर्नुभयो भने विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, शाखा प्रमुख, नगरपालिका कर्मचारी, सामुदायिक विद्यालयका महिला शिक्षक, स्वयंसेविका, सिकाइ केन्द्रका सदस्य, महिला सहकारी तथा आमा समूहका सदस्यहरू लगायत करिब २,४०० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो।
मनो–सामाजिककर्ता ईश्वर श्रेष्ठले तिजको महत्वबारे प्रस्तुति दिनुभयो। कार्यक्रममा सहभागीहरूले नाचगान, सांस्कृतिक प्रस्तुति तथा तिज गीतका माध्यमबाट चाडको उल्लास बाँडे।
















नगर प्रमुख, उप-प्रमुख तथा नगरपालिका परिवारले उपस्थित सबैमा आभार व्यक्त गर्दै हरितालिका तीज २०८२ को शुभकामना व्यक्त गरेका छन्।




