०५ साउन , काठमाडौ । भक्तपुर जिल्लाको वडा नम्बर–१ स्थित लुम्बिनी गेस्ट हाउसबाट खसेर एकजना किशोरीको मृत्यु भएको छ । सोमबार १८ वर्षीया सलिना श्रेष्ठ गेस्ट हाउसबाट खसेकी हुन् ।
दोलखा घर भएर चाँगुनारायण नगरपालिका वडा नम्बर–९ मा बस्दै आएकी सलिना आफ्ना सथिहरुसँग गेस्ट हाउसमा गएकी थिइन् । उनको शव पोष्टमार्टमका लागी दुवाकोट स्थित केएमसी अस्पतालमा पठाइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कुमार कार्कीले न्युज24ग्यालेक्सीलाई बताए । सलिनासँगै गेष्टहाउमा गएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानको लागि दुईजना महिला र दुईजना पुरुषलाई नियन्त्रणमा लिइएको एसपी कार्कीले बताए ।
सलिना आफैँ गेस्टहाउसबाट खसेकी हुन् वा धकेलेर लडाइएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले घटनाबारे सोधपुछ गरिरहेको छ ।






