Comments Add Comment

Advertisment

SKIP THIS

सेनाको लघु चलचित्र प्रतियोगिता घोषणा

२७ मंसिर, काठमाडौ । नेपाली सेनाले १० औं संस्करणको लघु चलचित्र प्रतियोगिता २०७८ घोषणा गरेको छ । सेनाले प्रतियोगितामा सेनासँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि उजागर हुने गरेर तयार भएका रचनात्मक स्क्रिप्ट छनौट गर्नेछ ।

२०६७ सालबाट लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएको सेनाले प्रतियोगितामा सहभागीका लागि इच्छुक व्यक्ति तथा संघरसंस्थाले सेना सम्बन्धी रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका एवम् गरिरहेका कार्यहरु झल्किने विषय–वस्तुमा आधारित रही प्रतियोगितामा भाग लिन सक्ने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

फारम वितरण पुस १ गतेदेखि प्रतियोगिताको लागि १५ भित्र फारम बुझाइसक्नुपर्नेछ । पुस (१८–१९) अन्तरक्रिया कार्यक्रम र २ माघमा स्क्रिप्ट बुझ्ने कार्यक्रम रहेको नेपाली सेनाको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै