१ पुष , काठमाडौ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममासमेत गिरावट आई चिसो अझ बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।




