आयोगले राष्ट्रियसभा निर्वाचनका लागि २०२५ जना मतदाताको नामावली स्वीकृत गरेको छ । राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यले मतदान गर्छन् । तर स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार र प्रदेशसभा सदस्यको मतभार भने फरक हुन्छ । प्रेस विज्ञप्ति राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली र मतदान स्थल/केन्द्र स्वीकृत सम्बन्धमा मिति २०७८/१०/१२ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले प्रदेश सभा सदस्यहरु ५३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु १४९३ गरी जम्मा २०२५ जनाको मतदाता नामावली मिति २०७८।९।१ गते स्वीकृत गरेको छ । यसैगरी यस निर्वाचनका लागि प्रदेश नं. १ मा २ वटा मतदान स्थल/केन्द्र र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदानस्थल भित्र २/२ वटा मतदानकेन्द्र रहने गरी ८ वटा मतदानस्थलमा १४ वटा मतदानकेन्द्रहरु तोकिएका छन् । प्रदेश नं. १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, बिराटनगर र प्रदेशसभा सदस्यहरुका लागि वाली संरक्षण प्रयोगशाला, बिराटनगरमा मतदान स्थल तोकिएको छ । यसैगरी प्रदेश नं. २ को लागि महेन्द्र नारायण निधी भवन, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल रहने गरी तोकिएको छ । (शालिग्राम शर्मा पौडेल)
१ पुष काठमाडौ । निर्वाचन आयोगले आगामी राष्ट्रियसभा निर्वाचनका लागि मतदाता संख्या र मतदान केन्द्र तोकेको छ । आयोगले विहीबार विज्ञप्ति जारी गर्दै प्रदेश २ मा दुईवटा मतदान स्थल र अन्य प्रदेशमा एक एक मतदानस्थल रहने जनाएको छ । त्यस्तै १४ वटा मतदान केन्द्र रहने जनाएको छ।
सहसचिव एवं प्रवक्ता
राष्ट्रियसभा निर्वाचनका लागि १४ मतदान केन्द्र तोकियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
महालेखा प्रतिवेदन : तारकेश्वर नगरपालिकामा वित्तीय व्यवस्थापन सुधार गर्नुपर्ने सुझाव
२०८३ असार १७ गते , बुधबार
३
तारकेश्वरका पत्रकारको संयुक्त खबरदारी : ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य छैन’
२०८३ असार १२ गते , शुक्रबार
५
६
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
सम्बन्धित खवर
Advertisment



