- Home
- Showing Post From:-धर्म दर्शन
धर्म दर्शन
आजको म हिजोको भन्दा फरक छु
हिजो ममा मिठासपूर्ण भाषाहरू थिए
सबैमा मित्रबत दृष्टि राख्ने आखाँहरू थिए
मनमौजी थिएँ त्यसै त्यसै बुरूक्क हुन्थेँ।।
कुनै कारण चाहिदैन थियो खुशी हुन
जुनैबेला जतैपनि आफैमा मख्ख हुन्थे
कसैको बेपरबाहमा पनि लठ्ठ थिए आफैमा
जीवनको शैलीमा म मेरो निम्ति मात्रै थिए।।
आजको म हिजो जस्तै कदापि छैन
धैरे फेरिएको छु खुशीहरू रहर बनेका छन
आवाजहरू आफ्नै बाध्यता बनेका छन
जीवन स्वार्थहरूले ढकमक्क फुलेको छ।।
मलाई बोल्न पनि कुनै आवश्यकता चाहिन्छ
स्वतन्त्र आवाजहरू म भित्र भित्रै मरिसके
ममाथि समयको अनियन्त्रित हस्तक्षेप छ
आजको ममा आबश्यकताको परिबर्तन छ।।
आजको मलाई खुशीहरू तौलेर लिनुपर्छ
आखाँहरूले नबोली आँशुहरू बोकिँ दिन्छन
आँशुहरू बोकिँ समुद्र मन्थनको प्रयासमा छु
आज …
कसले पढला मेरा आखाँहरूलाई
त्यहाँ धेरै प्रेमील दृष्टान्तहरू छन्
जीवनका कैयन् उतारचडाबहरू छन
मेरा अनुभब,अनुभूतिलाई कस्ले पढला।।
मेरा आखाँहरूबाट एक पटक मलाई हेर
म पनि त छु तिमी जस्तै यस संसारमा
मेरो कल्पनाले मलाई एकपटक हेर
मेरो पनि त संसार छ तिम्रो जस्तै।।
कस्ले पढला मेरा मनहरूलाई
त्यहाँ जीवनका धेरै आयामहरू छन्
सुझबुझका अमुर्त भेदहरू रहेका छन्
एक पटक मेरा मनहरूमा बसेर त हेर।।
कसैले पढिँदेला मलाई आफ्नै हो भनेर
भन्नुपर्ने कथाहरूले भरिएका छन छातीहरू
कस्ले पो पढिँदेला मेरा जीवनका गाँथाहरू
कोही छन् मलाई पढने क्षितिजमा हेरिरहन्छु
आकाशलाई भन्छु हे आकाश तिमी पढ मलाई
मेरा आखाँहरूबाट मैले बुनेको जीवनलाई पढ
आखाँहरूले नबोली बोकेका आँशुहरू पढ
तिमी बाहेक यो संसारमा …
अलिअलि खुशीमा डर छ जस्तो
आफैलाई बुझाँउन नसकेको जस्तो
आफ्नैका भूमरीमा नरभुल्ल हुदै
हिडदै हिडदै आयो है तिहार।।
नमिल्ने केही कुराहरू मिलाउनु पर्ने
सम्बन्धहरूको गाठो फुकाउनु पर्ने
बर्षको दिनाङ्कमा उज्यालो बोक्दै
हिडदै हिडदै आयो है तिहार।।
प्रकृति जगमा ढकमक्क फुलेको
पंन्छी र जनावरमा सम्बन्ध खोजेको
उज्यालोमा रमाउँछ है जीवन भन्दै
हिडदै हिडदै आयो है तिहार।।
कोही कसैसंग बैरीभाव नहोस्
नाता र सम्बन्धको सगरमाथा बनोस्
प्रकृति र जीबमा अटुट सम्बन्ध बनोस्
शुभकामना सबैमा शुभ दिपावलीको।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।
तारकेश्वर नगरपालिका–७, फुटुगंमा अवस्थित करिब १०० वर्ष पुरानो ऐतिहासिक पाटी अहिले जीर्ण अवस्थामा पुगेको छ।
संरक्षणतर्फ सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।
वि.सं. १९९४ सालमा निर्माण गरिएको उक्त पाटीको भित्ताभित्रै शिलालेख भेटिन्छ, जसमा “स्व रित श्री स म्व त १९९४ सालमा घा मा अ प सा मो दा ले व ना य का पा ती” भन्ने उल्लेख छ। यसले पाटीको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई झल्काए पनि हाल संरचना भत्किँदै नासिनु पर्दा स्थानीयहरू चिन्तित बनेका छन्।
यता केही समयअघि मात्र बागमती प्रदेश सरकारको बजेटमा तारकेश्वर नगरपालिका–१० स्थित ऐतिहासिक नाट्यश्वर (नास:द्य) मन्दिर …
समय हरेक दिनको गतिसगै मातिन्छ
समाजमा अनेकन् अस्वभावहरू देखिन्छन्
झिसमिसेमा अनेकन बिकृतिहरु उठिँदिन्छन
मान्छेहरूका बिभाँजित स्वरहरूको सहरमा
असरल्ल भावहरू समयसगै छताछुल्ल हुन्छन्।
दैनिक क्रियाहरूमाअनेकन द्घन्द्ध स्थापित हुन्छ
हरेक कृयाले आफ्नै द्धन्द्ध सृजना गरिदिन्छ
द्धन्द्धले आफ्नै स्वभाव सृजना गरिदिन्छन
समाजमा अनेकन धारहरूको सृजना हुन्छ
असरल्ल धारहरू समयसगै छताछुल्ल हुन्छन्।।
सोचहरूमा अनेकन बिभेदहरू देखा पर्छन्
सोचले दृष्टिलाई आफैभित्र दिग्भ्रमित बनाँउछ
बिभेदले बिबेकलाई साघुँरो बनाई बिगारी दिन्छ
समाजमा मिश्रित स्वभाहरूको सृजना हुन्छ
असरल्ल बिबेक समयसगै छताछुल्ल हुन्छन्
सम्बन्धका खोलमा अभिनय स्थापित हुन्छ
समयले यो आबश्यकता बनाई बोकाईदिन्छ
समाज र समय हरपलमा अभिनयमा मस्त
आफ्नो समयलाई कोणहरूमा छलीँरहन्छन
असरल्ल सम्बन्धहरू समयसगै छताछुल्ल हुन्छन्।।
समय दिनसगै कहिले स्वभाबमा मातिन्छ
कहिले अबस्थालाई आफै बिगारेर मातिन्छ
समय दिनसगै कहिले …
मानवसेवा फाउण्डेसनको आयोजनामा साउन १ गतेबाट पशुपतिमा हुने “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२”को प्रारम्भिक तयारी पुरा भएको छ ।
कामपा १४ कलंकी मा केन्द्रिय कार्यालय रहेको मानवसेवा फाउण्डेसनले यहि २०८२ साउन १ गते देखि भदौ २१ गते सम्म पशुपति क्षेत्रमा “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२” गर्न लागिरहेको छ ।
यो फाउण्डेसनले अहिले पनि गोदावरी नगरपालिका वडा नं. १४ मा मामा घर अनाथालय आश्रम र चागु नारायण नगरपालिका ०९ मा छोरीको घर जेष्ठ नागरिक आश्रम सन्चालन गरिरहेको जनाएको छ …
काठमाडौँ: मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
डिआईजी चतुर्वेदीले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के-कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबाल उच्च राख्न के-कस्ता काम भए; यसको जवाफ मधेश प्रदेश प्रहरी कार्यालयले खोज्ने बताउनुभयो ।
नागरिकबाट आउने महत्वपूर्ण सूचनाहरू प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यालय प्रमुख …
अन्धकारमा रूमलिएर उज्यालो भुलिरहेछु
सपनाहरुमा रुमलिएर यथार्थ भुलिरहेछु
ब्याख्याहरुमा रूमलिएर कथाहरु भुलिरहेछु
मायाप्रेममा रूमलिएर गाथाहरु भुलिरहेछु।।
एकान्त थियो साथि मेरो आवाज दिएर भुल गरेछु
एक्लै रहेछ जीवन फेरी साथ खोजेर भुल गरेछु
निरासा रहेछ जीबनसाथि आश गरेर भुल गरेछु
सम्बन्धमा रूमलिएर खुसी बनाँउने भुल गरेछु।।
आकाशका तारा गनेर सपना बनाँउनेे भुल गरेछु
आखाँहरुमा प्रेम बसाँउन कथा बनाँउने भुल गरेछु
आफैभित्र पीडा साँचेर खुसी लेख्ने भुल गरेछु
आफैलाई बिर्सिएर जिवन बनाँउने भुल गरेछु।।
हातहरु थकिसकेछन बिश्वास बनाउने भुल गरेछु
खुट्टाहरु थाकिसकेछन आधार बनाउने भुल गरेछु
जीवन एक्लो भईसकेछ भीड बनाउने भुल गरेछु
आफैलाई बिर्सिएर जिवन बनाउने भुल गरेछु।।
-दिनेश घिमिरे
विरुवा,भक्तपुर।।
भक्तपुर । प्रहरी निरीक्षकको पहिचान बनाएर सर्वसाधारणलाई झुक्याएको अभियोगमा भोजपुरका एक युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको भक्तपुर जिल्लाका प्रहरी प्रवक्ता डिएसपी ढुन्डीराज न्यौपानेले बताए । ।
डिएसपी न्यौपानेका अनुसार, पक्राउ पर्ने व्यक्ति भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी क्षेत्रमा बसोबास गर्दै आएका २३ वर्षीय सुजन गिरी हुन् ।
उनले आफू प्रहरी निरीक्षक (ईन्सपेक्टर) भएको भन्दै मोबाइलको वालपेपरमा प्रहरी बर्दी लगाएको फोटो राखी सर्वसाधारणलाई झुक्याउँदै आएका थिए ।
गएको २०८२ साल जेठ ६ गते राति करिब ९ः३० बजे, मध्यपुर ठिमी नगरपालिका–२ स्थित दिब्यश्वरी नेवा भुटु रेस्टुराँ अगाडिको सडक खण्डमा उनले …






