- Home
- Showing Post From:-अन्तर्राष्ट्रिय
अन्तर्राष्ट्रिय
रात छिप्पीन लागेको छ,
एक निलो बर्दीधारी सुस्तरी आग्लो खोल्दै बाहिर निस्कन्छ,
झकाउन लागेको सन्तानले चिन्तित भावमा
“बाबा, कतिबेला फर्कने?” भन्ने जिज्ञासा सहित हेर्दा,
गेट समेत नि:शब्द हुन्छ,
सायद यसलाई पनि चित्त बुझेनछ क्यारे !
बहिनीको बिहेको सल्लाह हुँदै थियो,
पारीवारिक सल्लाह अपुरै थियो,
आफ्नो चाहना सुनाउन नपाएकी श्रीमती ठुस्किंदै थिइन,
उ भने अँध्यारो गल्लीमा, सुरक्षाका दीप जलाउँदै,
आफैंलाई समाहित गरी गस्ती गर्दै थियो ।
उसको पहरेदारीमा हजारौं परिवार निश्चिन्त निदाउँछन्,
पुलकित हुँदै घरी तन्द्रामा त घरी निद्रामा बरबराउँछन्,
आनन्दित हुन्छन्, सुगन्धित सपना देख्छन्,
तर उ भने, राष्ट्रको धड्कन बचाउन आफ्नै मुटु जलाउँदै छ ।
उ बोल्छ कम तर सुन्छ ज्यादा,
सायद प्रशिक्षणले उसलाई यस्तै बनाएको …
कसले पढला मेरा आखाँहरूलाई
त्यहाँ धेरै प्रेमील दृष्टान्तहरू छन्
जीवनका कैयन् उतारचडाबहरू छन
मेरा अनुभब,अनुभूतिलाई कस्ले पढला।।
मेरा आखाँहरूबाट एक पटक मलाई हेर
म पनि त छु तिमी जस्तै यस संसारमा
मेरो कल्पनाले मलाई एकपटक हेर
मेरो पनि त संसार छ तिम्रो जस्तै।।
कस्ले पढला मेरा मनहरूलाई
त्यहाँ जीवनका धेरै आयामहरू छन्
सुझबुझका अमुर्त भेदहरू रहेका छन्
एक पटक मेरा मनहरूमा बसेर त हेर।।
कसैले पढिँदेला मलाई आफ्नै हो भनेर
भन्नुपर्ने कथाहरूले भरिएका छन छातीहरू
कस्ले पो पढिँदेला मेरा जीवनका गाँथाहरू
कोही छन् मलाई पढने क्षितिजमा हेरिरहन्छु
आकाशलाई भन्छु हे आकाश तिमी पढ मलाई
मेरा आखाँहरूबाट मैले बुनेको जीवनलाई पढ
आखाँहरूले नबोली बोकेका आँशुहरू पढ
तिमी बाहेक यो संसारमा …
काठमाडौं– नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाड तिहारमा आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी चाडपर्वलाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न सबैलाई आग्रह गरेको हो ।
परिसरले आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवं सभ्य तवरले देउसीभैलो खेल्न, आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरूबारे प्रहरीलाई समयमै खबर गर्नसमेत आग्रह गरेको छ ।
पटाका तथा झिरझिरे पड्काउने …
तेलअभिव–काठमाडौं । सन् २०२३ अक्टोबर ७ मा भएको हमास–इजरायल युद्धले विश्वभर त्रास फैलाएको थियो।
सोही दिन इजरायलको दक्षिणी क्षेत्र किब्बुट आलुमिम (Alumim) मा आक्रमण हुँदा त्यहाँ कृषि तालिमका लागि गएको नेपाली विद्यार्थी समूहमाथि भएको हुमलामा १० जना नेपालीको ज्यान गएको आधिकारिक रूपमा पुष्टि गरिएको थियो।
दुई वर्षपछि, २०२५ अक्टोबर १३ मा प्रकाशित नयाँ सूचिमा, अपहरणमा परेका नेपाली युवक बिपिन जोशी को पनि मृत्यु पुष्टि भएको छ। यससँगै युद्धमा ज्यान गुमाउने नेपालीहरूको संख्या ११ पुगेको छ।
नेपाल सरकारले र इस्रायलस्थित नेपाली दूतावासले प्रारम्भिक समयमा नै घटनाको पुष्टि गर्दै मारिएका १० नेपाली विद्यार्थीहरूको नामावली यस …
काठमाडौं । जेनजीको आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल उच्च बनाउनको लागि एसएसपी नबराज अधिकारीले नौलो अनि फरक किसिमको अभियान सञ्चालन गरेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले जुनियर प्रहरी कर्मचारीलाई बिहीबार राजधानीको कमलदीको सिटी सेन्टरको हलमा ५० जना प्रहरीलाई माइतीघर फिल्म हेर्न लगाउँदै ‘रिफ्रेसमेन्टडे’ मनाएका हुन्।
एसएसपी अधिकारीका अनुसार, निरन्तर फिल्डमा खटिने प्रहरीहरूलाई मानसिक सन्तुलन र मनोबल उच्चराख्न बेलाबेला मनोरञ्जनात्मक क्रियाकलाप आवश्यक पर्छ।
“हरेक दिन दबाबमा काम गर्नुपर्छ, त्यसैले यस्ता हल्का मनोरञ्जनका माध्यमहरूले उनीहरूलाई रिफ्रेस गराउँछन्,” उनले भने।
प्रहरी कर्मचारीलाई हौसला र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत आफूले फरक फरक ढंगले मनोरञ्जनात्मक कार्यक्रम मिलाउने …
तेलअविव / काठमाडौं – इजरायल र हमासबीचको भीषण युद्ध सुरु भएको करिब दुई वर्ष बितिसक्दा पनि तनहुँ घर भएका नेपाली युवा बिपिन जोशीको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।
पछिल्लो विवरणअनुसार, बिपिन जोशी हमास लडाकू समूहको नियन्त्रणमा रहेको बन्धक सूचीमा रहेको पुष्टि गरिएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि नेपाली विद्यार्थीहरूमाथि समेत गोली र बम आक्रमण भएको थियो। सो क्रममा ९ जना नेपाली विद्यार्थीको मृत्यु भएको र बिपिन जोशी बेपत्ता भएका थिए।
इजरायली सरकार र रेड क्रसको समन्वयमा निरन्तर खोजी भइरहे पनि हालसम्म उनको अवस्थाबारे ठ्याक्कै जानकारी …
भक्तपुर । भक्तपुरमा उत्साहित सुधार केन्द्र(रियाब सेन्टर) औपचारिक रूपमा संचालनमा आएको छ। संचालक मिलन खड्काका अनुसार यो केन्द्र मुख्यतः लागुऔषध दुरुपयोगमा फसेका युवाहरूलाई पुनःस्थापना र नयाँ जीवन दिनका लागि स्थापना गरिएको हो।
उनका अनुसार रियाप सेन्टरले उपचारसँगै मनोवैज्ञानिक परामर्श, व्यवहार सुधार, सामाजिक पुनःस्थापना, परिवारसँग पुनःसम्पर्क र जीवन–उपजीविकाका लागि सीप विकास तालिम जस्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ।
मिलन खड्काले भने, “लागुऔषधको असरले धेरै युवा दिशाहीन बन्दै गएका छन्। हामीले उनीहरूलाई सही बाटोमा ल्याउने, आत्मविश्वास बढाउने र समाजमै सम्मानित जीवन बिताउन सक्ने बनाउने संकल्प गरेका छौँ।”
उत्साहित सुधार केन्द्र(रियाब सेन्टर)ले सुरुवाती चरणमै उपचारका …
काठमाडौँ:बबरमहलस्थित कानुन किताबखाना व्यवस्था समितिको कार्यालय रहेको भवनमा नेपाल प्रहरीको ‘मानव बेचबिखन अनुसन्धान ब्यूरो’को कार्यालय छ । कार्यालय प्रमुख छन् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण प्रसाद पंगेनी ।
एसएसपी पंगेनी गत २१ जेठदेखि ब्यूरो प्रमुखको जिम्मेवारीमा छन् । ब्यूरोमा हाजिर भएकै दिन एसएसपी पंगेनीले मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।
जतिबेला प्राप्त जनशक्ति र प्रविधिको भरपुर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्ने एसएसपी पंगेनीको प्रतिबद्धता पनि थियो । सोहीअनुसार मानब बेचबिखन …
समय हरेक दिनको गतिसगै मातिन्छ
समाजमा अनेकन् अस्वभावहरू देखिन्छन्
झिसमिसेमा अनेकन बिकृतिहरु उठिँदिन्छन
मान्छेहरूका बिभाँजित स्वरहरूको सहरमा
असरल्ल भावहरू समयसगै छताछुल्ल हुन्छन्।
दैनिक क्रियाहरूमाअनेकन द्घन्द्ध स्थापित हुन्छ
हरेक कृयाले आफ्नै द्धन्द्ध सृजना गरिदिन्छ
द्धन्द्धले आफ्नै स्वभाव सृजना गरिदिन्छन
समाजमा अनेकन धारहरूको सृजना हुन्छ
असरल्ल धारहरू समयसगै छताछुल्ल हुन्छन्।।
सोचहरूमा अनेकन बिभेदहरू देखा पर्छन्
सोचले दृष्टिलाई आफैभित्र दिग्भ्रमित बनाँउछ
बिभेदले बिबेकलाई साघुँरो बनाई बिगारी दिन्छ
समाजमा मिश्रित स्वभाहरूको सृजना हुन्छ
असरल्ल बिबेक समयसगै छताछुल्ल हुन्छन्
सम्बन्धका खोलमा अभिनय स्थापित हुन्छ
समयले यो आबश्यकता बनाई बोकाईदिन्छ
समाज र समय हरपलमा अभिनयमा मस्त
आफ्नो समयलाई कोणहरूमा छलीँरहन्छन
असरल्ल सम्बन्धहरू समयसगै छताछुल्ल हुन्छन्।।
समय दिनसगै कहिले स्वभाबमा मातिन्छ
कहिले अबस्थालाई आफै बिगारेर मातिन्छ
समय दिनसगै कहिले …






