- Home
- Showing Post From:-अन्तर्राष्ट्रिय
अन्तर्राष्ट्रिय
बङ्गलादेशको विशेष न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी आन्दोलनसँग सम्बन्धित मानवताविरुद्धको अपराध मुद्दामा तीन पत्रकारलाई मुद्दाको टुङ्गो नलागेसम्म हिरासतमा राख्न आदेश दिएको छ।
उनीहरूको पक्राउ र जमानत अस्वीकारप्रति अन्तर्राष्ट्रिय मानव अधिकार तथा प्रेस स्वतन्त्रता संस्थाले आपत्ति जनाउँदै आरोप फिर्ता लिन आग्रह गरेका छन्।
न्यायाधिकरणले एकट्टोर टेलिभिजनका प्रधान सम्पादक मोजाम्मेल बाबु, प्रमुख संवाददाता फरजाना रूपा तथा दैनिक भोरेर कागोजका सम्पादक एवं नेसनल प्रेस क्लबका पूर्व महासचिव श्यामल दत्तलाई हिरासतमा राख्न आदेश दिएको हो। उनीहरू सोमबार न्यायाधिकरणमा उपस्थित भएका थिए। न्यायाधीशले अर्को सुनुवाइ अक्टोबर २५ का लागि तोक्दै अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्।
अभियोजन …
भाद्र ८ , काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ।
एसियाली बजारमा पनि सुरुआती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लागेका छन्। दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकाङ्क एक दशमलव चार प्रतिशतले घटेको छ। टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट आएको छ भने सिड्नी, जकार्ता र बैङ्ककमा वृद्धि देखिएको छ। मनिला र क्वालालम्पुरका बजार भने स्थिर रहेका छन्।
कृत्रिम बुद्धिमत्ता ९एआई० क्षेत्रमा लगानीकर्ताको चासो बढिरहेका बेला विश्वकै मूल्यवान कम्पनीमध्ये एक अमेरिकी चिप निर्माता एनभिडियाको आगामी आम्दानी प्रतिवेदनप्रति …
०५ भदौ , काठमाडौ । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय मिडियाले शुक्रबार जनाएका छन् ।
इलोइलो प्रान्तमा सन् २०२५ को सोही अवधिमा यस रोगबाट मृत्यु हुनेहरुको सङ्ख्याभन्दा दोब्बर छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार बासिन्दाहरूलाई जोखिमको सामना गर्नुपर्दा प्रोफिलेक्सिस वा निवारक एन्टिबायोटिकहरू लिन आग्रह गरिएको छ ।
लेप्टोस्पाइरोसिस एउटा ब्याक्टेरियाबाट फैलिने रोग हो जुन जनावरको पिसाबबाट फैलिन्छ, मुख्यतया मुसाहरूको पिसाबाट मानिसहरुमा फैलिएको जनाइएको छ, जसले मानिसहरूलाई दूषित पानी वा माटोको सम्पर्कमा आउँदा सङ्क्रमित गराउँछ ।
यस प्रान्तमा यस वर्षको जनवरी ४ देखि …
जापानमा रेलले ठक्कर दिँदा ४ जनाको मृत्यु भएको छ । रेलमार्गमा काम गरिरहेका कामदारलाई रेलले ठक्कर दिएको जनाइएको छ ।
स्थानीय समयअनुसार बिहीबार बिहान करिब १०ः४६ बजे टोकियोको उत्तरतर्फ रहेको शिन–कानुमा स्टेसनमा घटना भएको अधिकारीहरूले बताएका छन् स्थानीय सञ्चारमाध्यमका अनुसार कामदारहरू रेलको ट्र्याकमा उम्रिएको झारपात हटाउने काम गरिरहेका बेला तीव्र गतिमा आएको रेलले उनीहरूलाई ठक्कर दिएको हो । आपत्कालीन उद्धार टोली घटनास्थलमा पुग्दा तीन जना कामदार रेलमुनि फसेका थिए भने अर्का एक जना प्लेटफर्ममा रहेको प्रहरीले जनाएको छ । चारै जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
दुर्घटनापछि रेल सेवा सञ्चालन गर्ने …
रात छिप्पीन लागेको छ,
एक निलो बर्दीधारी सुस्तरी आग्लो खोल्दै बाहिर निस्कन्छ,
झकाउन लागेको सन्तानले चिन्तित भावमा
“बाबा, कतिबेला फर्कने?” भन्ने जिज्ञासा सहित हेर्दा,
गेट समेत नि:शब्द हुन्छ,
सायद यसलाई पनि चित्त बुझेनछ क्यारे !
बहिनीको बिहेको सल्लाह हुँदै थियो,
पारीवारिक सल्लाह अपुरै थियो,
आफ्नो चाहना सुनाउन नपाएकी श्रीमती ठुस्किंदै थिइन,
उ भने अँध्यारो गल्लीमा, सुरक्षाका दीप जलाउँदै,
आफैंलाई समाहित गरी गस्ती गर्दै थियो ।
उसको पहरेदारीमा हजारौं परिवार निश्चिन्त निदाउँछन्,
पुलकित हुँदै घरी तन्द्रामा त घरी निद्रामा बरबराउँछन्,
आनन्दित हुन्छन्, सुगन्धित सपना देख्छन्,
तर उ भने, राष्ट्रको धड्कन बचाउन आफ्नै मुटु जलाउँदै छ ।
उ बोल्छ कम तर सुन्छ ज्यादा,
सायद प्रशिक्षणले उसलाई यस्तै बनाएको …
कसले पढला मेरा आखाँहरूलाई
त्यहाँ धेरै प्रेमील दृष्टान्तहरू छन्
जीवनका कैयन् उतारचडाबहरू छन
मेरा अनुभब,अनुभूतिलाई कस्ले पढला।।
मेरा आखाँहरूबाट एक पटक मलाई हेर
म पनि त छु तिमी जस्तै यस संसारमा
मेरो कल्पनाले मलाई एकपटक हेर
मेरो पनि त संसार छ तिम्रो जस्तै।।
कस्ले पढला मेरा मनहरूलाई
त्यहाँ जीवनका धेरै आयामहरू छन्
सुझबुझका अमुर्त भेदहरू रहेका छन्
एक पटक मेरा मनहरूमा बसेर त हेर।।
कसैले पढिँदेला मलाई आफ्नै हो भनेर
भन्नुपर्ने कथाहरूले भरिएका छन छातीहरू
कस्ले पो पढिँदेला मेरा जीवनका गाँथाहरू
कोही छन् मलाई पढने क्षितिजमा हेरिरहन्छु
आकाशलाई भन्छु हे आकाश तिमी पढ मलाई
मेरा आखाँहरूबाट मैले बुनेको जीवनलाई पढ
आखाँहरूले नबोली बोकेका आँशुहरू पढ
तिमी बाहेक यो संसारमा …
काठमाडौं– नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाड तिहारमा आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी चाडपर्वलाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न सबैलाई आग्रह गरेको हो ।
परिसरले आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवं सभ्य तवरले देउसीभैलो खेल्न, आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरूबारे प्रहरीलाई समयमै खबर गर्नसमेत आग्रह गरेको छ ।
पटाका तथा झिरझिरे पड्काउने …
तेलअभिव–काठमाडौं । सन् २०२३ अक्टोबर ७ मा भएको हमास–इजरायल युद्धले विश्वभर त्रास फैलाएको थियो।
सोही दिन इजरायलको दक्षिणी क्षेत्र किब्बुट आलुमिम (Alumim) मा आक्रमण हुँदा त्यहाँ कृषि तालिमका लागि गएको नेपाली विद्यार्थी समूहमाथि भएको हुमलामा १० जना नेपालीको ज्यान गएको आधिकारिक रूपमा पुष्टि गरिएको थियो।
दुई वर्षपछि, २०२५ अक्टोबर १३ मा प्रकाशित नयाँ सूचिमा, अपहरणमा परेका नेपाली युवक बिपिन जोशी को पनि मृत्यु पुष्टि भएको छ। यससँगै युद्धमा ज्यान गुमाउने नेपालीहरूको संख्या ११ पुगेको छ।
नेपाल सरकारले र इस्रायलस्थित नेपाली दूतावासले प्रारम्भिक समयमा नै घटनाको पुष्टि गर्दै मारिएका १० नेपाली विद्यार्थीहरूको नामावली यस …
काठमाडौं । जेनजीको आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल उच्च बनाउनको लागि एसएसपी नबराज अधिकारीले नौलो अनि फरक किसिमको अभियान सञ्चालन गरेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले जुनियर प्रहरी कर्मचारीलाई बिहीबार राजधानीको कमलदीको सिटी सेन्टरको हलमा ५० जना प्रहरीलाई माइतीघर फिल्म हेर्न लगाउँदै ‘रिफ्रेसमेन्टडे’ मनाएका हुन्।
एसएसपी अधिकारीका अनुसार, निरन्तर फिल्डमा खटिने प्रहरीहरूलाई मानसिक सन्तुलन र मनोबल उच्चराख्न बेलाबेला मनोरञ्जनात्मक क्रियाकलाप आवश्यक पर्छ।
“हरेक दिन दबाबमा काम गर्नुपर्छ, त्यसैले यस्ता हल्का मनोरञ्जनका माध्यमहरूले उनीहरूलाई रिफ्रेस गराउँछन्,” उनले भने।
प्रहरी कर्मचारीलाई हौसला र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत आफूले फरक फरक ढंगले मनोरञ्जनात्मक कार्यक्रम मिलाउने …








