अन्तरवार्ता - - Page 5
Comments Add Comment

अन्तरवार्ता

List Grid
राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा, आज दिनभर राजनीतिक भेटघाटमा व्यस्त रहने

१२ कात्तिक , काठमाडौ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा गए राति नेपाल आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे ।
सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका …

प्रचण्ड र बाबुरामबीच पार्टी एकताबारे छलफल

२३ पुष , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न शनिबार डा. भट्टराई बालुवाटार पुगेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच वर्तमान समसामयिक राजनीतिमा केन्द्रित कुराकानी भएको डा भट्टराईको सचिवालयले जनाएको छ ।
सो क्रममा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ । नेकपा माओवादी र नेसपाबीच एकता गर्ने कुरा चुनावताका नै छलफल भएको थियो । सोही पार्टी एकताको विषयलाई मूर्तरुप दिन केही दिनयता अनौपचारिक …

साफ महिला च्याम्पियनसिप : नेपालविरुद्ध बंगलादेशलाई दुई गोलको अग्रता

३ असोज , काठमाडौ ।   साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग २-० ले पछि परेको छ ।
दशरथ रंगशालामा जारी फाइनल खेलको १४ औं मिनेटमा पहिलो गोल गरेको बंगलादेशले ४२ औं मिनेटमा दोश्रो गोल थपेको हो ।
ल्मोनिका चक्माको पासमा सामसुन्नाहरले गोल गरेर बंगलादेशलाई अग्रता दिलाएकी हुन् । यस्तै ४२ औं मिनेटमा कृष्णरानी सरकारले अर्को गोल गरिन् । नेपालबाट आज भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतारेको छ ।

ट्युनिसियाको तटमा डुंगा डुब्यो, ११ जनाको मृत्यु

२७ भाद्र , काठमाडौँ । ट्युनिसियाको तटमा भएको डुंगा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् ।
ट्युनिसियाको तटरक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुंगा मंगलबार डुबेपछि १४ जनाको उद्धार गरेको छ । शनिबार राति थप पाँच शव फेला परेपछि मृतकको संख्या ११ पुगेको सरकारी सञ्चार माध्यमा टीएपीले जनाएको छ ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार भूमध्यसागर पार गर्ने क्रममा यस वर्ष१ हजारभन्दा बढी आप्रावासीको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकाको शान्ति सुरक्षालाई मजबुद बनाउदै : एआईजी रबिन्द्र धानुक

काठमाडौं उपत्यकाको जिम्मेवारी सम्हालेका उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा विभिन्न जिल्ला र प्रदेशमा समेत आफ्नो छुट्टै पहिचान बनाएका छन् । कानुन कार्यनयनमा कसैसँग सम्झौता नगर्ने , कसैको भनसुन नसुन्ने र कानुन बमोजिम काम गर्ने उनको पृथक शैली हो ।

देशको राजधानी मानिने काठमाडौंको शान्ति सुरक्षा व्यवस्थापनको पक्ष चुनौतपूर्ण मानिन्छ । अपराध तथा अवैध गतिविधिको अखडा समेत मानिन्छ काठमाडौं । उपत्यकाको शान्ति सुरक्षा सुधारको पक्षलाई प्रहरी अधिकारीहरु भने प्रहरीको सकृय भुमिकाले सुधार आएको दाबी गर्छन् ।

एआईजी रबिन्द्र धानुकको नेतृत्वपछि छोटो समयमा …

अफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु

१९ भदौ , काठमाडौ । अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्।
प्रान्तीय प्रहरी प्रवक्ता अहमद जानले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै उक्त घटना शनिबार दिउँसो हिवाद बजार क्षेत्रमा भएको बताएका छन् । रिपोर्टका अनुसार मारिने सबै विद्यार्थी थिए ।
शुक्रबार पश्चिमी हेरात प्रान्तमा भएको घातक विस्फोटमा प्रसिद्ध धर्मगुरु सहित २० जनाको मृत्यु भएको थियो।हेरात शहरको गुजरगाह मस्जिदमा स्थानीय समय अनुसार राति १२:४० बजे बम विस्फोट भएको खामा प्रेसले तालिवानद्वारा सञ्चालित अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको थियो।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले प्रार्थनाको नेतृत्व गर्ने …

दक्षिण कोरियामा एउटै कोठामा बस्ने नेपाली बीच विवाद हुँदा चक्कु प्रहार गरी साथीको हत्या

१६ भदौ , काठमाडौ । दक्षिण कोरियामा संगै काम गर्ने २ जना नेपालीहरु बीच बिवाद हुँदा आफ्नै साथीले अर्का नेपाली साथीको हत्या गरेको समाचार सार्वजनिक भएको छ।
गएराति ११ः४० बजेतिर छुन्ग्बुक स्थित एक कम्पनीको कोठामा झगडा गरिरहेका अर्का नेपाली सहकर्मीलाई चक्कु प्रहार गरी हत्या गरेको जिन्छन प्रहरीले निष्कर्ष निकालेको छ।
प्रहरीले पक्राउ परेका ति नेपालीले मादक पदार्थ सेवन गरेको र उनीमाथि थप अनुसन्धान गरिरहेको जिन्छन प्रहरीले बताएको छ।
नुवाकोट घर हुने यूवाको पाँचथर घर हुने यूवाले धारीलो हतियार प्रयोग गरेर हत्या गरेको बुझिएको छ।

भाडाको इन्जिन हालेर वायुसेवा निगमको जहाज ल्याइयो

२३ फागुन , काठमाडौ । गत पुस १३ गतेदेखि बिग्रिएर कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको न्यारो बडी विमान भाडाको इन्जिन जडान गरेर दुई महिनापछि नेपाल ल्याइएको छ।
निगमको न्यारोबडी ए३२० विमान (एन–एकेडब्ल्यू) पुसमा काठमाडौं–दोहा नियमित उडानका क्रममा पार्किङ वेमा इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड थियो। यो विमान उडाएर नेपाल ल्याउन निगमले ग्लोबल टेन्डरमार्फत गरेर कम्पनी छनोट गरेर तीन महिनाको लागि भाडाको इन्जिन जडान गरेको निगमले जनाएको छ।
निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार निगमले नेदरल्यान्डस्को एमटियू मेन्टिनेन्स लिज सर्भिसेज बिभी कम्पनीमार्फत विमानको इन्जिन भाडामा लिएर जहाज नेपाल ल्याइएको हो। जहाज नेपाल …

फ्रिजमा राखिएको रेष्टुरेन्टको खाना खाएपछि एक विद्यार्थी बिरामी भए

१० फागुन, काठमाण्डौं । खाना बाँकी हुन्छ भने त्यसलाई फ्रिजमा राखिन्छ र आफ्नो आवश्यकता अनुसार यो प्रयोग गरिन्छ । थुप्रै विशेषज्ञले खानालाई धेरै बेरसम्म फ्रिजमा राख्नु नहुने बताउँछन् तर खाना बचेको खण्डमा त्यसलाई खराब हुनबाट जोगाउन र स्टोर गरेर राख्नका लागि फ्रिजको साहारा लिइन्छ ।
 

 
केही समयअघि एक विद्यार्थीको एउटा घटना सार्वजनिक भएको छ ।
के हो घटना ?
न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनको रिपोर्ट अनुसार जेसी नाम भएका एक विद्यार्थीसँगै कोठामा बस्ने साथीले अघिल्लो रात रेष्टुरेन्टमा चिकन र नुडल्स लिएर आएका थिए । उनले आफूले केही खाएपछि बाँकी फ्रिजमा राखेका थिए …