Comments Add Comment

कोभिड संक्रमित बिरामीको लागि गायक रामकृष्ण ढकालले १८ लाख रुपैंयाँ संकलन

११ जेठ, काठमाडौ । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक रामकृष्ण ढकालले त्यहाँ रहेका नेपालीबाट १८ लाख रुपैंयाँ संकलन गरी कोभिड संक्रमित बिरामीको उपचारका लागि नेपाल पठाएका छन् ।

गायक ढकालले फेसबुकमा उक्त रकम नेपाली वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा जम्मा गरेको उल्लेख गरेका छन् । ‘म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो ।

उहाँहरू नेपालमा कोरोनासँग जीवन–मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता–दर्शकमाझ सहयोगको आह्वान गरेको थिएँ’, उनले लेखेका छन् ।

ढकालका अनुसार पहिलो चरणमा जम्मा भएको १५ हजार २ सय ८८ अमेरिकी डलर अर्थात करिब १८ लाख नेपाली रुपैयाँ आविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा वायरमार्फत जम्मा गरिएको छ । गायक ढकाल स्वयंले उक्त अभियानमा ५ सय अमेरिकी डलर जम्मा गरेका छन् ।

गायक ढकालले केही मनकारीले सहयोगको बचन दिएकाले त्यो रकम प्राप्त हुनासाथ नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याइरहेका अन्य आदर्श व्यक्तित्वहरूबाट स्थापित संस्थाहरूमार्फत् सहयोगका लागि पठाइने जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै