Comments Add Comment

नेपालमा ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१२ जेठ ,काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३० जनाको पीसीआर परीक्षणमा ६ हजार ६७७ र ३२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जना गरी कुल ६ हजार ७१४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत सोमबारयता मात्र २२ हजार २८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा। समिर कुमार अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै