Comments Add Comment

Advertisment

SKIP THIS

बर्दियामा फेरि बाघले मानिसमाथि आक्रमण

१३ जेठ ,काठमाडौ । बर्दियामा फेरि बाघले मानिसमाथि आक्रमण गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बुधबार दिउँसो पाटेबाघले एक जना वृद्धमाथि आक्रमण गरेको हो। साँझ पाँच बजेतिर मधुवन नगरपालिका १ को औरही सामुदायिक बनमा बाख्रा चराइरहेका सोही नगरपालिकाको इन्द्रपुरका ७४ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेको हो ।

बाघले थारूको अनुहार चिथोर्नुका साथै दाहिने खुट्टाको साप्रामा घाउ बनाइदिएको छ ।

प्रहरीका अनुसार थारूले पनि आफूसँग भएको खुर्पाले बाघलाई आक्रमण गरेका थिए। खुर्पाले चोट लागेपछि बाघ जंगलतिर भागेको थियो।

घाइते थारूको बर्दिया जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बर्दियामा यसअघि बाघले आक्रमण गरी मानिसको ज्यान लिने गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै