Comments Add Comment

Advertisment

SKIP THIS

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी बलात्कार आरोपी

१५ जेठ , काठमाडौ । बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता बलात्कार आरोपी रहेको खुलेको छ ।

कोरोना संक्रमणका कारण उपचाररत विरामीको मत्युभएपछि चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले पक्राउ गरेका एमाले कार्यकर्ता दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावत मध्य मानवहादुर बलात्कार आरोपी रहेको खुलेको हो ।

प्रहरीका अनुसार एमाले दाङको जिल्ला समितिको सचिवालय सदस्यसमेत रहेका मानबहादुरको नेतृत्वको टिमले बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेका थिए ।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका मानबहादुर यसअघि बलात्कार मुद्दामा जेल परेका थिए । २०६६ मा देउखुरीकी एक महिलालाई बलात्कार गरेको मुद्दामा डेढ वर्ष सजाय काटेर उनी जेलमुक्त भएको प्रहरीको रेकर्डबाट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै