Comments Add Comment

Advertisment

SKIP THIS

‘चाबहिलको मन्दिरमा विवाह गर्न बोलाए, भोटेबहाल लगेर बलात्कार’

७ असार , काठमाडौं । विदेशबाट फर्केकी २४ वर्षीया रमिला (नाम परिवर्तन) काठमाडौंको चुच्चेपाटीमा बस्छिन् । १५ दिनसम्म सामाजिक संजाल ‘इमो’ मार्फत सम्पर्कमा आएका एकजना युवकसँग उनले च्याट गरिन् । नम्बर साटासाट गरिन् । फोनमा उनीहरु विवाह गरेर घरजम गर्न सहमत भए ।

कुरा हुन थालेको १६ औं दिनमा काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका विश्व तामाङ उर्फ आशिषले रमिलालाई फोन गरेर भने, ‘आज चाबहिल चोकमा भेटौँ, मन्दिरमा विवाह गरौं ।’ जेठ २९ मा रमिला पहिलोपटक विश्व तामाङलाई भेट्न गइन् । विदेशबाट कमाएर ल्याएको १ लाख नगद साथमा बोकिन् । विदेशमा कमाएर सुनको सिक्री र मुन्द्रा जोडेकी थिइन् ।

काभ्रेको बनेपामा डेरा गरेर बस्ने विश्व तामाङ आफूलाई ‘भोटे’ उपनामले चिनाउँथे । जग्गाको कारोबार गर्ने उनले रमिलासँग ‘केटीएम तामाङ’को नामबाट इमोमा कुराकानी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

विवाह गरेर घरजम गर्ने सपना सम्हालेर चावहिल चोकमा आएकी रमिलालाई विश्वले ट्याक्सीमा चढाए, भोटेबहालमा लगे । भोटेबहालमा रहेको ‘होली क्यासल’ गेष्ट हाउसको कोठा नम्बर ३०१ मा लगेर आफूलाई विश्वले बलात्कार गरेको रमिलाले प्रहरीलाई बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै