Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका १९ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस {सूचीसहित}

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार रिक्त दरवन्दीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेमा प्रहरी निरीक्षकहरु निर्मल पनेरु, ऋषिराम घर्तीमगर, दिपक मल्ल, धनबहादुर बोहोरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नवीन पौडेल योगेन्द्र तिमिल्सिना (उपाध्याय) छन् ।

यस्तै, पुरुषोत्तम कार्की, हीरेन्द्रबहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भीषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुुर चन्द, राजन लामा र कमलकुमार खड्काको नाम डिएसपी बढुवाको लागि सिफारिस भएको छ।

बढुवा समितिको सचिवालयले एक सूचना जारी गर्दै नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायव उपरीक्षक पद संस्था १९ मा बढुवा गर्न आज बढुवा समितिको बैठकले यी नाम सिफारिस गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै